अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति पौडेलले शुक्रवार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नुहुने

राष्ट्रपति पौडेलले शुक्रवार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नुहुने


काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते शुक्रबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सदनसमक्ष पढेर सुनाउँदै यसबारेमा जानकारी गराउनु भएको हो।

सभामुख घिमिरेका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम संवत २०८२ साल वैशाख १९ गते शुक्रवारका दिन ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन्।

राष्ट्रपतिको सम्बोधनको कार्यक्रम भएकाले प्रतिनिधि सभाका सम्पूर्ण सदस्यहरुलाई उक्त दिनको पौने ३ बजे नै आफ्नो आफ्नो आसनग्रहण गरिसक्न सभामुखले आग्रह गर्नुभयो।