अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आकर्षक सुविधासहित नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क बचत खाता’

आकर्षक सुविधासहित नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क बचत खाता’


काठमाडौं-नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित ‘नबिल ढुक्क बचत खाता’ सञ्चचालनमा ल्याएको छ। विभिन्न सुविधासहित नबिल बैंकले ढुक्क बचत खाता सञ्चालनमा ल्याएको हो।

नबिल बैंकका अनुसार यस खाता खोल्दा बीमा सुविधा समेत पाइन्छ। जसमा प्राण घातक र आवधिक जीवन बीमा, दुर्घटना बीमा र औषधोपचार बीमा सुविधा रहेको छ।

१० लाखसम्मको दुर्घटना बीमा रहेको छ। तीन लाख ७५ हजारसम्मको घातक र आवधिक जीवन बीमा रहेको छ भने वार्षिक एक लाख रुपैयाँ बराबरको औषधि उपचारमा दाबी भुक्तानी गरिने भएको छ।

त्यस्तै, डेबिट, क्रेडिट कार्ड, मोबाइल बैंकिङ आजीवन निःशुल्क गरिएको छ । अन्य एटिएमबाट निःशुल्क रकम झिक्न सक्ने समेत यस खाता अन्तर्गतका सुविधा रहेको बैंकले जनाएको छ ।

खाता खोलेको पहिलो वर्ष डिम्याट मेरो शेयर र लकर सुविधा निःशुल्क गरिएको छ । दोस्रो वर्षदेखि पनि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।