अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

शिक्षामन्त्री र शिक्षक महासंघबीच वार्ता जारी, को-को छन् सहभागी ?

शिक्षामन्त्री र शिक्षक महासंघबीच वार्ता जारी, को-को छन् सहभागी ?


काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधि  रघुजी पन्त र आन्दोलनरत शिक्षकहरूबीच वार्ता जारी छ । शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्त र नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीसहितको वार्ता केही समय अघि सुरू भएको हो।

वार्तामा गृहमन्त्री रमेश लेखक, सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे पनि सहभागी हुनुहुन्छ।

वार्तामा शिक्षा समितिका सभापति अमरबहादुर थापा र शिक्षा समितिका उपसमिति संयोजक छबिलाल विश्वकर्मा लगायत सहभागी हुनुहुन्छ।

आजको वार्ता निर्णायक हुने नेताहरूले दाबी गर्नुभएको छ।

शिक्षा ऐनलाई बटमलाइन बनाएर शिक्षकहरू २९ दिनदेखि सडक आन्दोलनमा छन्। यसअघि हिजो र अस्ति रातिको वार्तामा भएका द्विपक्षीय कुराकानीमा टेकेर आज सहमति हुने मन्त्रालय स्रोतले जनाएको छ।

महासंघले मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्ने गरी तत्काललाई ९ वटा माग बुझाएको र त्यसकै वरिपरि रहेर सहमति गर्ने तयारी भएको बताइएको छ ।