अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षक महासंघसँग भएको नौ बुँदे सहमति मन्त्रिपरिषद्‍बाट अनुमोदन

शिक्षक महासंघसँग भएको नौ बुँदे सहमति मन्त्रिपरिषद्‍बाट अनुमोदन


काठमाडौं-आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नौ बुँदे मागलाई अनुमोदन गरेको शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री रघुजी पन्तले जानकारी दिनुभयो।

बुधबार नेपाल शिक्षक महासंघ र सरकारबीच वार्ता सहमतिमा टुंगिएको थियो। त्यसलगत्तै मन्त्रिपरिषद बैठक बसेको थियो। बैठकले सो सहमति अनुमोदन गरेको हो।

विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने विषयमा सहमति भएको  छ।  

सहमति कार्यान्वयन गर्न ८ अर्ब थप दायित्व थपिएको शिक्षामन्त्री पन्तले जानकारी दिनुभयो।