अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कोशी प्रदेश लगानी सम्मेलन

मुलुकलाई संवृद्ध बनाउन अब ढिलाइ गर्नुहुँदैन: मुख्यमन्त्री यामलाल कँडेल

मुलुकलाई संवृद्ध बनाउन अब ढिलाइ गर्नुहुँदैन: मुख्यमन्त्री यामलाल कँडेल


विराटनगर-कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले संघीय संरचनामा देश गए पनि कतिपय कानुनहरु पुरानो रहेको हुँदा समस्या भइरहेको बताउनुभएको छ।

मुख्यमन्त्री कडेलले संघीय संरचनालाई बलियो बनाउन कानुनी र संरचनामा देखिएको जटिलता फुकाउन आवश्यक रहेको बताउनुभयो। कोशी प्रदेश लगानी सम्मेलनको उद्घाटन शत्रमा शुभकामना व्यक्त गर्नुहुँदै मुख्यमन्त्री कडेलले देशको अबको यात्रा सम्वृद्ध नेपाल, सुखी नेपालीको बनाउने तर्फ रहेको बताउनुभयो। अझै पनि केन्द्रीयता मानसिकता रहेको भन्दै संघीयताको मर्म अनुसार अघि बढ्न नसक्दा समस्या देखिएको उहाँले बताउनुभयो। मुलुकलाई सम्वृद्ध बनाउन अब ढिलाइ गर्न नहुने मुख्यमन्त्री कडेलले बताउनु भयो।

७ दशक लामो समय अधिकार प्राप्तिको लडाँईमा बितेको र विगत ७ वर्षदेखि देश विकासको गतिमा अघि बढेको उहाँले बताउनुभयो। आज संम्वृद्धि र विकासको कुरा प्राथमिकतामा परेको भन्दै उहाँले जिम्मेवारीमा रहँदा र जिम्मेवारी बाहिर रहँदा पनि एकै दृष्टिकोण राख्न आवश्यक रहेको बताउनुभयो।

मुलुकका सबै प्रदेश प्राकृतिक श्रोत र साधनले धनि रहेको भन्दै उहाँले कर्णालीको साधन श्रोतको उपयोग गर्न सके देशको सम्वृद्धिमा सहयोग पुग्ने बताउनुभयो। कर्णाली, धार्मिक तथा प्राकृतिक पर्यटन र जडिबुटीको खानी रहेको भन्दै त्यसतर्फ पनि ध्यान दिन आवश्यक रहेको बताउनुभयो।