अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक १० बजे बस्दै

नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक १० बजे बस्दै


काठमाडौँ-मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजे बस्ने बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्नका लागि बस्न लागेको हो।

पारित नीति तथा कार्यक्रम आजै दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन्।

बैठकमा शिक्षक, चिकित्सक लगायतसँग भएका सहमति र विभिन्न मन्त्रालयका नियमित एजेन्डामा पनि छलफल हुने बताइएको छ। यसका साथै मन्त्रालयहरुका नियमित प्रस्तावहरुमाथि पनि छलफल तथा निर्णय हुनेछ।