काठमाडौं-सरकारले सहमतिको आधारमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने भएको छ।
शुक्रवार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनु भएको हो।
राष्ट्रपति पौडेलले २०७२ सालमा जारी भएको संविधान समीक्षा गर्दै कार्यान्वयनको क्रममा देखिएका कमजोरी सच्याउँदै जाने बताउनुभयो।
नीति तथा कार्यक्रममार्फत सरकारले सहमतिकै आधारमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने स्पष्ट पारेको छ।
प्रतिक्रिया