अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना गरिने

‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना गरिने


काठमाडौं-सरकारले जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गर्न आगामी जेठ २ देखि ४ सम्म ‘सगरमाथा संवाद’ आयोजना गर्ने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘सगरमाथा संवाद’बारे जानकारी दिनु भएको हो।

उक्त संवादमा व्यक्त धारणाका आधारमा जलवायु अनुकूलन र असर न्यूनीकरणका कार्यक्रम लागु गरिने राष्ट्रपति पौडेलले बताएका छन् ।

सन् २०४५ भित्र खुद शून्य कार्बन उत्सर्जन गर्ने देश बन्ने नेपालको प्रतिबद्धता पूरा गर्न दीर्घकालीन रणनीति कार्यान्वयन गरिने छ।