अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सरकारको जलवायु नीतिः वित्त परिचालन रणनीति र कार्बन व्यापार नियमावली तर्जुमा गरिने

सरकारको जलवायु नीतिः वित्त परिचालन रणनीति र कार्बन व्यापार नियमावली तर्जुमा गरिने


काठमाडौं-सरकारले  जलवायु वित्त परिचालन रणनीति र कार्बन व्यापार नियमावली तर्जुमा गर्ने घोषणा गरेको छ। सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गर्न सगरमाथा संवाद आयोजना गरिएको बताउनु भयो । उहाँले अगामी जेठ २ देखि ४ गतेसम्म हुने संवादमा प्रश्तुत गरिएका धारणाहरूका आधारमा जलवायु अनुकुलन र असर न्युनिकरणका कार्यक्रमहरू लागू गर्ने सरकारको तयारी रहेको बताउनु भयो। 

राष्ट्रपति पौडेलले नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्य पूरा गर्न आवश्यक रणनीतिहरू कार्यान्वयन गर्ने योजना अघि सारेको पनि बताउनु भयो।