अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नीति तथा कार्यक्रम

सातै प्रदेशमा सघन जलन उपचार र मुटु रोग सेवा बिस्तार, दुर्गम क्षेत्रमा विशेषज्ञ सेवाहरू सञ्चालन

सातै प्रदेशमा सघन जलन उपचार र मुटु रोग सेवा बिस्तार, दुर्गम क्षेत्रमा विशेषज्ञ सेवाहरू सञ्चालन


काठमाडौं-सरकारले सातै प्रदेशमा सघन जलन उपचार र मुटु रोग सेवा बिस्तार गर्ने घोषणा गरेको छ।

शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराउनुभएको हो।

राष्ट्रपति पौडेलले दुर्गम क्षेत्रमा विशेषज्ञ सेवाहरू सञ्चालन गरिने बताउनु भयो। राष्ट्रपति पौडेलले हरेक वर्षको फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ्ग महिना घोषणा गरी कार्यक्रमहरू सञ्चालन गरिने घोषणा समेत गर्नुभयो। राष्ट्रपति पौडेलले क्यान्सर तथा मिर्गौला प्रत्यारोपण उपचारको सेवा प्रदेश स्तरमा विस्तार गर्ने जानकारी दिँदै पाठेघर क्यान्सरको एच.पी.भी. खोप र १४ वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क क्यान्सर उपचार सेवा उपलब्ध गराइने घोषणा गर्नुभयो।

राष्ट्रपति पौडेलले मस्तिष्क, मेरुदण्ड, मानसिक र स्नायु रोग उपचारका लागि काठमाडौंमा अत्याधुनिक राष्ट्रिय न्युरो साइन्स केन्द्र स्थापना गरिने जानकारी समेत दिनुभयो। 

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘सातै प्रदेशमा सघन जलन उपचार र मुटु रोग सेवा बिस्तार गरिनेछ । दुर्गम क्षेत्रमा विशेषज्ञ सेवाहरू सञ्चालन गरिनेछ। हरेक वर्षको फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ्ग महिना घोषणा गरी कार्यक्रमहरू सञ्चालन गरिनेछ । क्यान्सर तथा मिर्गौला प्रत्यारोपण उपचारको सेवा प्रदेश स्तरमा बिस्तार गरिनेछ। पाठेघर क्यान्सरको एच.पी.भी. खोप र १४ वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क क्यान्सर उपचार सेवा उपलब्ध गराइनेछ । मस्तिष्क, मेरुदण्ड, मानसिक र स्नायु रोग उपचारका लागि काठमाडौँमा अत्याधुनिक राष्ट्रिय न्युरो साइन्स केन्द्र स्थापना गरिनेछ।’

राष्ट्रपति पौडेलले स्वास्थ्य क्षेत्रका जनशक्तिको आपूर्ति सुनिश्चित गर्न जनरल नर्सिङ कार्यक्रम सञ्चालन गरिने बताउनु भयो। साथै, उत्पीडित तथा सिमान्तकृत समुदायलाई चिकित्सा शिक्षामा आरक्षणको व्यवस्था गरिने उहाँले घोषणा गर्नुभयो।