अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक

यस्ता छन् एमाले केन्द्रीय सचिवालय बैठकका निर्णयहरु

यस्ता छन् एमाले केन्द्रीय सचिवालय बैठकका निर्णयहरु

राजनीतिक स्थिरता खलबल्याउने खोज्ने पक्ष कमजोर हुँदै गएको एमालेको निष्कर्ष


काठमाडौं-नेकपा एमालेले देशको स्थिरता खलबल्याउन शक्तिहरु क्रियाशिल भएको भए पनि देश स्थायित्वतिर गइरहेको निष्कर्ष निकालेको छ। 

आइतबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले मुलुक मुलतः राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अघि बढेको र स्थीरतालाई खलबल्याउने प्रयासहरु कमजोर हुँदै गएको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।

‘मुलुक मुलत नीतिगत स्थायित्व र राजनीतिक स्थायित्वको बाटोमा अघि बढीरहेको छ,’ बैठकपछि उपमहासचिव ज्ञवालीले भन्नुभयो , ‘यद्यपि, यो स्थिरतालाई खलबल्याउन विभिन्न शक्तिहरु क्रियाशील पनि भइरहेका छन्। तर, उनीहरुको प्रयास सफल नहुने त्यो प्रयास कमजोर बन्दै गइरहेको र मुलुक राजनीतिक स्थायित्वको दिशामा मुलुक अगाडि बढ्दै गइरहेको बैठकले निष्कर्ष निकालेको छ।’

उपमहासचिव ज्ञवालीले आगामी निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त पहिलो शक्ति निर्माण गर्न पार्टीका सम्पूर्ण ऊर्जा र सामर्थ्यलाई एकतावद्ध गर्दै अघि बढ्ने निर्णय गरेको बताउनुभयो।

यस्तै, बैठकले सरकारको नीति तथा कार्यक्रम बिगतको भन्दा चुस्त, व्यवस्थित र दिशानिर्देशको हिसाबले सही रहेको निष्कर्ष निकालेको छ। नीति कार्यक्रम जस्तै आगामी बजेट ठोस र परिणाममुखी हुनुपर्ने सुझाव पदाधिकारी सदस्यहरुले दिएको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो ।

‘यो बैठकमा खासगरी सरकारले ल्याएको आर्थिक वर्ष ०८२/८३ को नीतितथाकार्यक्रम र जेठ १५ गते आउने बजेटकाबारेमा केन्द्रित भएर छलफल गरेका छौं । नीति तथा कार्यक्रमलाई सकरात्मक रुपमा ग्रहण गर्दै आगामी आर्थिक वर्षको बजेट कस्तो हुनुपर्छ भन्ने बारेमा आफूलाई लागेका सुझावहरु सबैले दिनुभएको छ। मुलतःनीति कार्यक्रमले भने जस्तै बजेट पनि एकदमै ठोस र परिणाममूखी होस् । विगतमा योजनाहरुको छनोट र योजनाहरुको प्राथमिकीकरणमा असाध्यै धेरै भद्रगोल देखिएको छ। भद्रगोललाई चिर्दै बजेट आओस्।’

त्यस्तै बजेटले उत्पादन र उत्पादकत्वमा फोकस गर्नुपर्ने र त्यसका लागि पुष्पलाल मध्य पहाडी, मदन भण्डारी, हुलाकी राजमार्गका समानान्तर पकेट क्षेत्र निर्माण गरेर कृषि क्षेत्रको आत्मनिर्भर हुने गरी बजेट आओस् भन्ने पनि नेताहरूले सुझाव दिएका छन्। त्यस्तै जिएनजी पुस्तालाई केन्द्रमा राखेर उनीहरूसँग बसेर सूचना प्रविधिलाई उत्तोलकका रूपमा अघि बढाउने गरी बजेट आउनुपर्ने सुझाव आएको ज्ञवालीको भनाइ छ। चौथो कतिपय ठेक्का लागेका कतिपय योजनामा दाताहरूले हात झिक्ने जस्ता कुरालाई ध्यानमा राखेर बजेट आउनुपर्ने सुझाव दिएको तर सुझाव दिने क्रम जारी रहेको ज्ञवालीले जानकारी दिनुभयो।