अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रिसा मृत्युबारे भारतसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन सभामुख घिमिरेको रुलिङ

प्रिसा मृत्युबारे भारतसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन सभामुख घिमिरेको रुलिङ


काठमाडौं-भारतको उडिसास्थित केआईआईटी कलेजमा नेपाली छात्र प्रिशा साहको मृत्यु प्रकरणको सत्यतथ्य छानबिनका लागि भारतसँग संवाद अगाडि बढाउन सभामुख देवराज घिमिरेले रूलिङ गर्नुभएको छ।

सांसदहरूले आकस्मिक समयमा रूलिङको माग गरेपछि सभामुखले सरकारलाई रूलिङ गर्नुभएको हो।

‘उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो। सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु’, सभामुखले भन्नुभयो।