काठमाडौं-नेकपा एमालेका सांसद एवं सचेतक सुनिता बरालले प्रयोगविहीन २ हजार बढी सरकारी सवारी साधनको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ।
सोमबार प्रतिनिधि सभामा बोल्दै सांसद बरालले सरकारी निकायमा २ हजार बढी सवारी साधन प्रयोगमा छैनन् भन्ने तथ्याङ्क रहेको बताउनुभयो। सवारी साधनलाई विद्युतीय सवारीमा बदल्न सकिन्छ कि वा के गर्न सकिन्छ भन्ने हेर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया