अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

शिक्षण सिकाइको माध्यम अंग्रेजी भएपनि विद्यालयमा नेपाली बोल्नेलाई दण्डित नगर्नू: काठमाडौं महानगर

शिक्षण सिकाइको माध्यम अंग्रेजी भएपनि विद्यालयमा नेपाली बोल्नेलाई दण्डित नगर्नू: काठमाडौं महानगर


काठमाडौं-काठमाडौं महानगरपालिकाले विद्यालय शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएपनि नेपाली भाषामा संवाद गर्ने विद्यार्थीहरूलाई दण्डित नगर्न भनेको छ।

सोमबार सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई पत्राचार गर्दै महानगरको शिक्षा विभागले नेपाली भाषा बोलेकै आधारमा विद्यार्थीलाई दण्डित गर्न वा जरिवाना गर्न तत्काल बन्द गर्न निर्देशन दिएको हो।

‘यस महानगरपालिका अन्तर्गतका शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएका केही विद्यालयहरूले विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भन्ने गुनासो प्रति यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ’, पत्रमा भनिएको छ, ‘यदि कुनै विद्यालयले शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य गरी विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भए तत्काल बन्द गर्न निर्देशानुसार सूचित गरिन्छ।’ 

विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गरेको भन्दै महानगरमा गुनासो आएको थियो।

उक्त गुनासो आएपछि विभागले पत्राचार गरेको हो।