अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओलीसमक्ष नाष्टको सेवा आयोगको प्रतिवेदन पेस

प्रधानमन्त्री ओलीसमक्ष नाष्टको सेवा आयोगको प्रतिवेदन पेस


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को सेवा आयोगको तेस्रो वार्षिक प्रतिवेदन आज बुुझाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका अध्यक्ष डा खगराज बरालले प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति ओलीसमक्ष आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । प्रधानमन्त्री ओलीले वैज्ञानिकहरुलाई प्रोत्साहन मिल्ने र मुलुकको उत्पादन तथा उत्पादकत्ववृद्धि हुने अनुसन्धान र परिणाम दिने कामका केन्द्रित हुन प्रतिष्ठानलाई आग्रह गर्नुभयो ।
सो अवसरमा सो लोक सेवा आयोगका सदस्य वीरबहादुर राई, प्रतिष्ठानका सदस्यसचिव डा रविन्द्रप्रसाद ढकाललगायत सहभागी हुनुुहुुन्थ्यो ।