अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले संसद्‍मा जवाफ दिने

रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले संसद्‍मा जवाफ दिने


 काठमाडौं-नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउबारे गृहमन्त्री रमेश लेखकले संसद्‍मा जवाफ दिनुहुने भएको छ।

मंगलबार प्रतिनिधि सभामा नाउपाका सांसदहरूले रेशम चौधरीको पक्राउबारे सरकारसँग जवाफ माग गर्दै अवरोध गर्न खोजेका थिए। सभामुखले रुलिङ गर्नुपर्ने सांसदहरूलेको माग थियो। त्यसक्रममा सभामुख देवराज घिमिरेले रेशम चौधरीको पक्राउबारे गृहमन्त्रीले संसद्मा जवाफ दिने जानकारी गराउनु भएको थियो। आगामी बिहीबार गृहमन्त्री लेखकले जानकारी दिने सभामुख घिमिरेले जानकारी गराउनु भयो।

यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो। एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए।