अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नीति तथा कार्यक्रममा गर्न सकिने कुराहरु लेखिएको छ, यो सान्दर्भिक छः भगवती न्यौपाने

नीति तथा कार्यक्रममा गर्न सकिने कुराहरु लेखिएको छ, यो सान्दर्भिक छः भगवती न्यौपाने


काठमाडौं-नेकपा (एमाले) राष्ट्रिय सभा प्रमुख सचेतक भगवती न्यौपानेले सरकार ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सकिने विषयहरू समेटेर ल्याइएको बताउनुभएको छ।

मंगलवार बसेको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो।

प्रमुख सचेतक न्यौपानेले नीति तथा कार्यक्रम विगतको भन्दा धेरै वैज्ञानिक र यथार्थ धरातलमा टेकेर ल्याइएको दाबी गर्नुभयो। उहाँले नीति तथा कार्यक्रममा कार्यान्वयन नै गर्न नसकिने खालका लामो लामो कथा लेखेर ल्याउने विगतको परिपाटी रहेको बताउँदै उहाँले अहिलेको नीति तथा कार्यक्रम सान्दर्भिक रहेको बताउनु भयो। उहाँले अहिलेको नीति तथा कार्यक्रममा अनेक फुर्काहरू नझुन्ड्याइएको र अनेक प्रकारका शब्द जालहरू नबुनिएको समेत जिकिर गर्नुभयो । उहाँले अहिलेको नीति तथा कार्यक्रम विगतको भन्दा सानो र कार्यान्वयन गर्न सकिने कुराहरू मात्रै लेखिएकोले त्यसमा आफ्नो—आफ्नो समर्थन रहेको प्रस्ट पार्नुभयो।  

उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रम विगतको भन्दा धेरै वैज्ञानिक छ। यथार्थ धरातलमा टेकेर ल्याइएको छ। धेरै सान्दर्भिक छ। हामीले विगत देखिएको बहस गर्दै आइरहेका थियौँ, नीति तथा कार्यक्रम त्यस्तो ल्याउनुपर्छ, बजेट त्यस्तो ल्याउनुपर्छ सरकारले कार्यान्वयन नै गर्न नसकिने खालको ल्याउनुहुँदैन। लामो लामो कथा लेखेर ल्याउनुहुँदैन। निबन्ध लेखेर ल्याउनुहुँदैन। अनेक खालका शब्द जालहरू  बुनेर ल्याउनुहुँदैन। वास्तविकता भन्दा फरक ढङ्गले प्रश्तुत गर्नुहुँदैन। हामीले विगतदेखि भन्दै आएको त्यही हो। कार्यान्वयन गर्न सकिने जति ल्याउनुपर्छ। अहिले जनताले बोलेका कुराहरू विश्वास नगर्ने कि भइराखेको छ,  जे बोलिन्छ त्यो गरिन्छ भन्ने विश्वास सरकारको तर्फबाट दिलाउन जरुरी थियो र छ। नीति तथा कार्यक्रम सरकारको आधिकारिक दस्ताबेज हो । जे लेखिएको छ त्यो कार्यान्वयन गर्न सकिन्छ भन्ने आधारमा अहिलेको सरकारले नीति तथा कार्यक्रम ल्याएको छ। यो निवन्ध लेखिएको छैन, यहाँ विगतमा जस्तो अनेक फुर्का झुन्डाइएको छैन। यो सुन्दा खेरी कविता जस्तो सुनिने खालको छैन। यसमा अनेक प्रकारका शब्द जालहरू बुनिएका छैनन्। यो विगतको भन्दा सानो छ र गर्न सकिने कुरा लेखिएको छ।’

उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनतामा उत्साह ल्याएको समेत धारणा राख्नुभयो।