काठमाडौँ-नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले नीति तथा कार्यक्रममा प्याराडाइम सिफ्ट गरेको बताउनु भएको छ। मङ्गलबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै सांसद भट्टराईले यस्तो बताउनु भएको हो।
सांसद भट्टराईले पहिलो कुरा विगतका कतिपय बेलामा नीति तथा कार्यक्रमको बजेटको सिद्धान्तको छलफलको नमिलेको सेड्युललाई वर्तमान सरकारले सच्याएको बताउनु भयो।
सांसद भट्टराईले भन्नुभयो,‘ नीति तथा कार्यक्रम आएको छ, यसमा छलफल हुन्छ, सांसदका भनाई सरकारले सुन्छ र सोही अनुसार सरकारले बजेटमा सम्बोधन गर्छ। नेपाल सरकारले प्याराडाइम सिफ्ट गर्न खोजेको छ। भए जति लेख्ने तर कार्यान्वयन केही नगर्ने कुराबाट सरकारमुक्त हुनुपर्छ।’
सांसद भट्टराईले अहिलेको नीति तथा कार्यक्रम व्यवसायी, युवा केन्द्रित र औद्योगिक वातावरण केन्द्रित भएर आएको दाबी गर्नुभयो।
सांसद भट्टराईले पूर्वाधार विकास र निजी साझेदारी रूपमा काम गर्ने गरी कार्यक्रमले समेटेको बताउनुभयो।
सांसद भट्टराईले युवाहरूलाई प्रमुख प्राथमिकता राखेर ल्याएको कार्यक्रमले थप उत्साहित बनाएको बताउनुभयो। उहाँले स्टार्टअप कर्जा कार्यक्रम मात्रै बनाउने नभई कर्जाको थैली अर्थात २५ लाखबाट ५० लाख बनाउनु पर्ने बताउनुभयो।
सांसद भट्टराईले ५० लाख देखि १ करोडसम्म कर्जा दिने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो। उहाँले जागिरे भन्दा पनि उद्यमी बनाउने किसिमबाट सरकार जान आवश्यक रहेको बताउनुभयो।
सांसद भट्टराईले सरकारले सहकारी समस्या जटिल बनेको भन्दै सहकारी नियमन प्राधिकरण बनाउने विषय सकारात्मक रहेको बताउनुभयो।







प्रतिक्रिया