अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रदीप नेपालको निधन

प्रदीप नेपालको निधन


काठमाडौं-वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ। नर्भिक अस्पतालमा उपचारका क्रममा ७१ वर्षीय नेपालको आज दिउँसो सवा चार बजे निधन भएको हो।

उहाँ लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित हुनुहुन्थ्यो। स्वास्थ्यमा समस्या आएपछि पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय हुनुहुन्थ्यो।

केहीदिन अघि अस्पताल भर्ना भएका उहाँलाई हिजो (सोमबार) आईसीयूमा राखिएको थियो।

लेखक तथा साहित्यकारसमेत रहेका नेपाल सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य क्षेत्रमा चिनिएका थिए। नेपाल एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री समेत बन्नुभएको थियो। २०६३ मा नेपाल शिक्षामन्त्रीसमेत बन्नुभएको थियो।

नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए। नेपालको जन्म विसं २०१० पुस २८ गते भोजपुरको गोगनेमा भएको थियो।