अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

वैशाख २८ गते राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने

वैशाख २८ गते राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्नुभएको छ। मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले वैशाख २८ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिनुभयो।

सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफल नसकिएको र नीति तथा कार्यक्रममाथि सांसदहरुले सदनमा उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम राखिएको उहाँले बताउनु भयो।

‘आर्थिक वर्ष २०८२/०८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा माननीय सदस्यहरुले बोल्ने क्रम नसकिएकोले आगामी बैठकमा समेत छलफल जारी रहने र सम्माननीय प्रधानमन्त्रीज्यूबाट जवाफ दिनेगरी निर्धारण गरिएको व्यहोरा जानकारी गराउँछ,’ अध्यक्ष दाहालले भन्नुभयो, ‘राष्ट्रियसभाको अर्को बैठक २०८२ साल वैशाख २८ गते आइतवार अपरान्ह १ बजेर १५ मिनेटमा बस्ने गरी यो बैठक यहीँ स्थगित हुनेछ।’