अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रतिनिधिसभा आकस्मिक समय: सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा आकस्मिक समय: सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण


काठमाडौँ-प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सांसदहरुले समसामयिक विषयमा सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

 बैठकमा सांसद महेशकुमार बर्तौलाले आज बिहान मकवानपुर जिल्लाको राक्सिराङमा भएको   बोलेरो (सवारी साधन) दुर्घटनामा १० जना घाइते भएकामा छ जनाको अवस्था चिन्ताजनक रहेकाले घाइतेको उपचारका लागि सरकारसँग माग गर्नुभयो।

सांसद माधव सापकोटाले धितोपत्र बोर्डमा ‘कमिसन’का कारण ‘आइपिओ’ रोकिएको समाचार आएकाले यस विषयमा छानबिन गर्ने व्यवस्थाका लागि सरकारलाई ‘रुलिङ’ गर्न सभामुखसँग माग गर्नुभयो।

सांसद रोशन कार्कीले आइपिओ जारी गर्न पाँचदेखि सात प्रतिशतसम्म कमिसन मागेको कुराको यथार्थ छानबिन गर्न माग गर्नुभयो । बैठकमा सांसद योगेन्द्र मण्डलले गत चैत ५ गते भएको आगलागीका घटनामा साढे तीन वर्षकी बालिका जलेर मृत्यु भई परिवार अहिले पनि मदरसाको शरणमा रहेकाले यथोचित व्यवस्था गर्न माग गर्नुभयो।