अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सांसदका अभिव्यक्तिले जनतामा निराशा छाएको छ, सुधार गरौं: सांसद अच्यूत मैनाली

सांसदका अभिव्यक्तिले जनतामा निराशा छाएको छ, सुधार गरौं: सांसद अच्यूत मैनाली


काठमाडौँ-नेकपा एमालेका सांसद अच्यूत प्रसाद मैनालीले यस वर्षको नीति तथा कार्यक्रममा विगतलाई क्रम भंगता गरेको बताउनु भएको छ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मैनाली ‘जेन जी’ पुस्ता दैनिक २५ सयको संख्यामा उच्च शिक्षा वा रोजगारीका नाममा विदेश गइरहेको बताउनु भएको छ। ५० को दशकलाई द्वन्द्व, हिंसा र गन्जागोलको वर्षको रुपमा व्योहोरेको स्मरण गर्दै सांसद मैनालीले ६० को दशकलाई संविधान निर्माण र ७० को दशकलाई संविधान कार्यान्वयनको दशक भन्यौं भने ८० को दशकलाई समृद्धिको दशकको  रुपमा लिइएको बताउनुभयो । यस वर्षको नीति कार्यक्रमले आगामी दशकलाई ‘रोजगारीको दशक’को घोषणा गरेको उल्लेख गर्नुभयो।

‘देशको विकास र हितका यस्ता कार्यक्रम सफल बनाउन सबैजना लाग्नुपर्नेमा प्रमुख प्रतिपक्षी दलका नेताले आरोप प्रत्यारोपमा उत्रनु भयो’ मैनालीले एकजना हंगेरीयन कविको कविता उधृत गर्दै संसदमा भन्नुभयो, ‘एउटा निराश गीतले सन् १९३६ मा १०० जना  हंगेरियनले आत्महत्या पनि गरे। पछि ति गायकले पनि आत्महत्या गरे।’

 नेपाली जनतालाई हामीले आशा दिन सक्यौं। के सकारात्मक सन्देश दिन सक्यौं भन्ने कुरा महसुष हुनुपर्ने मैनालीले बताउनु भयो। ‘हाम्रा अभिव्यक्तिहरुले जनतामा निराशा छाएको छ। केही माननीयहरु केही पनि भएन भन्नुहुन्छ’ मैनालीले तथ्यांक प्रस्तुत गर्दै भन्नुभयो, ‘२०५२ सालमा ४२ प्रतिशत भएको २०८० मा आउँदा २० प्रतिशतमा झरेको छ।’