अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनतालाई गणतन्त्रको सन्देश दिने गरी सुशासन र समृद्धिको लागि साझा सङ्कल्प गरौंः सांसद अच्यूत मैनाली

जनतालाई गणतन्त्रको सन्देश दिने गरी सुशासन र समृद्धिको लागि साझा सङ्कल्प गरौंः सांसद अच्यूत मैनाली


काठमाडौं-नेकपा एमालेका सांसद अच्यूत प्रसाद मैनालीले लोकतान्त्रिक गणतन्त्रको सन्देश दिने गरी सुशासन र समृद्धिको लागि साझा संकल्प गर्नुपर्ने बताउनुभएको छ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मैनालीले यस्तो बताउनुभएको हो। उहाँले लोकतन्त्र बगिरहेको पानी जस्तो रहेको बताउनु भयो।

सांसद मैनालीले काठमाडौंको बागमती काठमाडौंमा फोहोर भए पनि सर्लाहीमा पुग्दा नुहाउन योग्य हुने र सीमामा पुग्दा पिउन योग्य हुने उदाहरण दिँदै लोकतन्त्र पनि बगिरहेको पानी रहेको र आफैं फिल्टर हुँदै जाने बताउनुभयो। उहाँले लोकतन्त्रमा जनताले निर्वाचनमार्फत आफ्नो जनादेश दिन सक्ने बताउँदै यो राजतन्त्रमा सम्भव छ ? भन्दै प्रश्न समेत गर्नुभयो।

सांसद मैनालीले संघीय लोकतान्त्रिक गणतन्त्रले विद्रोह मै जन्मिएर अहिलेसम्म बाँचिरहेकाहरूलाई बोल्ने अधिकारी दिएको समेत जिकिर गर्नुभयो। उहाँले प्राप्त लोकतान्त्रिक गणतन्त्रको जनतालाई सन्देश दिने गरी सुशासन, समृद्धि र सुखी नेपाली निर्माण गर्नको लागि राष्ट्रिय र साझा संकल्प गर्नुपर्नेमा जोड दिनुभयो।

सांसद मैनालीले भन्नुभयो, ‘लोकतन्त्र भनेको बगिरहेको पानी हो, काठमाडौंको वागमती आज यहाँ फोहोर छ, यो सर्लाही जिल्लामा पुग्दा सफा र नुहाउन योग्य हुन्छ भने बोर्डरमा पुग्दा पिउन योग्य हुन्छ। लोकतन्त्र भनेको बगिरहेको पानी जस्तो हो, जो आफैँमा फिल्टर भएर जान्छ। कोही मन परेको छैन भने जनताले निर्वाचनमा आफ्नो जनादेश दिन सक्छन्, के कथित राजतन्त्रमा यो सम्भव छ रु मलाई त लाग्छ, कोही माननीयहरू जो विद्रोह मै जन्मिनुभयो, विद्रोह मै हुर्किनुभयो, बाचिरहनुभएको छ, संघीय लोकतान्त्रिक अधिकारीले उहाँहरूलाई यो बोल्ने अधिकार दिएको छ। त्यो जी–हजुरीको युगमा उहाँहरू पुग्नुभयो भने के उहाँहरू बाच्न सक्नुहुन्छ ? यहाँहरू अक्सिजनबिनाको प्राणी जस्तो बन्नुहुन्छ। यो प्राप्त लोकतान्त्रिक गणतन्त्रको जनतालाई सन्देश दिने गरी सुशासन र समृद्धिको लागि र सुखी नेपाली निर्माण गर्नको लागि राष्ट्रिय र साझा संकल्प गरौं ।’

सांसद मैनालीले मुलुकलाई समृद्ध बनाउन प्राकृतिक स्रोत र सम्पदाहरूको सदुपयोग गरेर अगाडी बढ्नुपर्ने समेत बताउनु भयो।

Skip This