अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

ताप्लेजुङका दुई नेतामाथि एमालेको अनुशासन कारबाही

ताप्लेजुङका दुई नेतामाथि एमालेको अनुशासन कारबाही


काठमाडौं-नेकपा एमालेले कोशी प्रदेशका पूर्वमन्त्री तथा पार्टीका ताप्लेजुङ पूर्व जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङलाई कारबाही गरेको छ। उहाँसँगै युवा नेता तथा प्रदेश विभाग सदस्य मणि पोमु पनि कारबाहीमा परेका छन् ।

हाल प्रदेश सल्लाहकार सदस्य साम्सोहाङ र प्रदेश पर्यटन विभाग सचिव मणिकुमार पोमुलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिएको एमाले काेशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिनुभयो।

युवा संघ ताप्लेजुङको भेलामा झडप भएको थियो। एउटा समूहको नेतृत्व पोमुले गरेको र उहाँहरुलाई निर्देशन दिँदै उक्साउने काम साम्सोहाङले गरेको एमालेको भनाइ छ।  झडपका क्रममा युवा संघका सचिव तथा कोशी इन्चार्ज निरोज पौडेलमाथिसमेत  हातपात भएको थियो।

पोमुको नेतृत्वमा २० जनाको समूह बन्दसत्रको हलभित्र छिरेर ढोको थुनेर आक्रमण गरेको आरोप छ। सो घटनामा पोमु प्रत्यक्ष संलग्न रहेको र साम्सोहाङले निर्देशन दिएको आरोप छ। घटनाबारे छानवीन गर्न प्रदेश कमिटी उपाध्यक्ष टीकाराम चेम्जोङको संयोजकत्वमा तीन सदस्यीय छानवीन समिति गठन गरिएको छ।