अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पूर्वमन्त्री नेपालको निधनप्रति प्रतिनिधिसभामा शोक प्रस्ताव पारित

पूर्वमन्त्री नेपालको निधनप्रति प्रतिनिधिसभामा शोक प्रस्ताव पारित


काठमाडौं-प्रतिनिधिसभाले पूर्व मन्त्री एमाले नेता प्रदीप नेपालको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा दिवंगत नेपालको निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो।

नेकपा एमालेको तर्फबाट २०५० सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित नेपाल २०६५ सालमा काठमाडौं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो।

दिवंगत नेपाल पूर्वमन्त्री समेत हुनुहुन्थ्यो । नेपालको ७१ वर्षको उमेरमा वैशाख २३ गते काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो। बैठकले उहाँको निधनमा शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो । बैठकले दिवंगत नेपालको आत्माको चीर शान्तिको कामना गर्दै १ मिनेट उठेर मौन धारण समेत गरेको छ।