अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेपालमा कुष्ठरोग उन्मुलन भइसकेको छैन: प्रधानमन्त्री ओली

नेपालमा कुष्ठरोग उन्मुलन भइसकेको छैन: प्रधानमन्त्री ओली


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कुष्ठ रोग कम भए पनि उन्मुलन भइनसकेको बताउनु भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनमा मेरियट होटल, नक्साल, काठमाडौँमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो।

‘कुष्ठ रोगको स्थिति नेपालमा सारै भयावह छ भन्न मिल्दैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘किनभने विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार राष्ट्रियस्तरमा कुष्ठरोग नियन्त्रण भएको मान्नुपर्दछ, जबकि १० हजारमा एकभन्दा तलै छ।’ यो आँकडालाई उन्मुलन भएको मनिएपनि सन्तोष मान्न सक्ने अवस्था नरहेको प्रधानमन्त्री ओलीले बताउनु भयो।  

कुष्ठरोगलाई आयुर्वेदिक औषधीबाट समेत निको पार्न सकिने भएकाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो। उहाँले सिंगै नेपाललाई निरोगी नेपाल बनाउन सरकारले चाहेको भन्दै रोग लाग्ने परिस्थिति आउनै दिन नहुने बताउनुभयो ।