अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

भ्रष्टाचार देशको साझा रोग हो, आरोप-प्रत्यारोप गरेर मात्र समाधान हुँदैनः ठाकुर गैरे

भ्रष्टाचार देशको साझा रोग हो, आरोप-प्रत्यारोप गरेर मात्र समाधान हुँदैनः ठाकुर गैरे


काठमाडौं-नेकपा एमालेका सांसद ठाकुर गैरेले भ्रष्टाचार र कमिसनको समस्या कुनै एक व्यक्ति वा दलको मात्र नभई सम्पूर्ण देशको साझा रोग भएको उल्लेख गर्दै यसको अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्ष सबैको सामूहिक प्रतिवद्धता आवश्यक रहेको बताउनुभएको छ।

बिहीवार प्रतिनिधि सभामा सरकारको आगामी आर्थिक वर्षकको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद गैरेले भ्रष्टाचारको समस्या आरोप-प्रत्यारोप गरेर मात्र समाधान नहुने स्पष्ट पार्नुभयो।

भ्रष्टाचारमा संलग्न जुनसुकै दल र ओहोदाको व्यक्ति भएपनि उन्मुक्ति पाउन नहुने सांसद गैरेको भनाइ छ। उहाँले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सकारात्मक रहेको समेत बताउनुभयो। उहाँले शिक्षा, निजामति, प्रहरीसम्बन्धी विधेयकहरू यही अधिवेशनबाट पारित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य रहेको बताउनुभयो। 

सांसद गैरेले भन्नुभयो, ‘नीति तथा कार्यक्रमले शिक्षा विधेयक, निजामति विधेयक, प्रहरीसँग सम्ब्न्धित विधेयक लगायतका विधेयकहरु यसै अधिवेशनबाट पारित गर्ने जुन प्रतिवद्धता व्यक्त गरेको छ त्यो ज्यादै सकारात्मक पक्ष हो। आज भ्रष्टाचार र कमिसनको विषयमा एकले अर्कालाई आरोप प्रत्यारोप गरेर खुशी व्यक्त गर्ने प्रवृत्ति देखापर्‍यो। सत्तापक्ष र प्रतिपक्षमा भएका सबैले आत्मसाथ गर्नुपर्ने कुरा के हो भने भ्रष्टाचार र कमिसन हामी सबेको साझा रोग हो। यसको अन्त्य गर्नको लागि हामी सबैको सामुहिक प्रतिवद्धताको खाँचो छ। एकले अर्कोलाई आरोपित गरेर, एकले अर्कोलाई लाञ्छित गरेर हामी मुक्त हुन सक्दैनौं। त्यसका लागि सरकारले अघि सारेका कार्यक्रमहरुलाई कार्यन्वयनमा लैजानको लागि योगदान पुर्याउनुपर्दछ। भ्रटाचार र कमिसनको कामहरुमा कसैले पनि मुक्त पाउँदैन। जुनसुकै पदको, पार्टीको र ओहोदाको मान्छे भएपनि हामी खरो रुपमा प्रश्तुत हुन जरुरी छ । यसमा सबै एक ठाउँमा आउनुपर्ने जरुरत छ।’

सरकारले अघि सारेका नीति तथा कार्यक्रमहरुको सफल कार्यन्वयनको लागि सबैले सहयोग गर्न जरुरी रहेको उहाँको भनाइ छ। उहाँले सरकारले अघि सारेका युवालक्षित कार्यक्रमहरुको सफल कार्यन्वयन गर्नसके बढ्दो युवा पलायन रोक्न सकिने उल्लेख गर्नुभयो।