अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सदस्य सचिवमा ज्ञानेन्द्र पुन नियुक्त

जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सदस्य सचिवमा ज्ञानेन्द्र पुन नियुक्त


काठमाडौं-नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सदस्य सचिवमा ज्ञानेन्द्र पुन नियुक्त हुनुभएको छ। प्रतिष्ठान सञ्चालक परिषदका सहअध्यक्ष एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको नेतृत्वमा बिहीबार बसेको बैठकले गुल्मीको मालिका गाउँपालिका-१ का पुनलाई सो पदमा मनोनित गर्ने निर्णय गरेको हो।

पुनलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को दफा ७ को उपदफा १ (त) अनुसार चार वर्षे पदावधि कायम गरी मनोनित गरिएको हो। नवनियुक्त सदस्यसचिव लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको उपाध्यक्ष एवं नेपाल मगर संघका केन्द्रीय अध्यक्ष हुनुहुन्छ।

त्यसैगरी आदिबासी जनजाति युवा महासंघका पूर्व केन्द्रीय अध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएको छ। पुनले आज प्रतिष्ठान कार्यालयमा गई कार्यभार पनि सम्हाल्नुभएको छ। 

उपाध्यक्ष नियुक्तिका लागि गठन भएको सिफरिस समितिको सिफरिसमा प्रतिष्ठानका सदस्य सचिवमा ज्ञानेन्द्र पुन मगरलाई २०८२ वैशाख २५ गते बिहीबार नियुक्त गरेको हो।

प्रतिष्ठानको कार्यालय बल्खु सानेपामा पुन मगरलाई कर्मचारी तथा पदाधिकारीहरुबाट फूल र खादाले बधाई तथा स्वागत गर्दै कार्यालय सफलताको शुभकामना दिइएको थियो।

प्रतिष्ठानको निर्वतमान सदस्य सचिव कमल प्रसाद राजनवंशीको पदावधी २०८१ चैत २३ गते समाप्त भई उक्त पद रिक्त रहेको थियो।