अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित


काठमाडौँ-प्रतिनिधिसभा बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। आजको बैठकमा आकस्मिक, शून्य समयका कार्यक्रममा सांसदहरूले समसामयिक विषयमा कुरा उठाउनु भएको थियो।

त्यस्तै वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राख्ने क्रम आज पनि जारी रह्यो । 

आजको बैठकमा प्रतिनिधिसभाको बर्खे अधिवेशन सुरु भएपछि आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले गृह मन्त्रालयसँग सम्बन्धित विषयमा उठाएका प्रश्नहरूका बारेमा गृहमन्त्री रमेश लेखकले जवाफ दिनुभएको थियो ।