अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रेशम चौधरी पक्राउबारे गृहमन्त्री लेखकको जवाफ: कुनै पूर्वाग्रह थिएन

रेशम चौधरी पक्राउबारे गृहमन्त्री लेखकको जवाफ: कुनै पूर्वाग्रह थिएन


काठमाडौं-गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीको पक्राउ प्रकरणमा कुनै पूर्वाग्रह नभएको स्पष्ट पार्नुभएको छ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले चौधरीको पक्राउबारे स्पष्ट पार्नुभएको हो।

गृहमन्त्री लेखकले सर्वोच्च अदालतका एक कर्मचारीले विवेक गुमाउँदा यो घटना हुन पुगेको बताउनु भयो। उहाँले यसअघि सर्वोच्च अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरे झै उक्त घटनामा पनि सही नियतले कानूनको कार्यान्वयन गर्ने मनशायबाहेक कुनै पूवाग्रह नरहेको बताउनुभयो। उहाँले भविष्यमा यस्ता घटना नदोहोरिनेतर्फ सबैलाई सजग र सचेत बनाएको समेत जिकिर गर्नुभयो। साथै, अनधिकृत रुपमा पत्र लेख्ने शाखा अधिकृत महिमानसिंह विष्टमाथि झुटो जानकारी दिन नहुने, आदेशको अवज्ञा गर्न नहुने र कीर्ते गर्न नहुने मुद्दामा अनुसन्धान भइरहेको उहाँले जानकारी गराउनु भयो।  

उहाँले भन्नुभयो, ‘अनधिकृत रुपमा पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौंले तत्काल पक्राउ गरी झुटो जानकारी दिन नहुने, आदेशको अवज्ञा गर्न नहुने र कीर्ते गर्न नहुने मुद्दाका शिर्षकहरुमा सम्मानीत अदालतबाट म्यान लिइ अनुसन्धान भइरहेको छ। यसअघि सर्वोच्च अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरेझैं यो घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक कुनै पूवाग्रह नरहेको सदनमार्फत अनुरोध गर्न चाहन्छु। भविष्यमा यस्ता घटना नदोहोरिनेतर्फ सबैलाई सजग र सचेत बनाएको व्यहोरा म सम्मानीत सदनमा निवदेन गर्न चाहन्छु।’

उहाँले उक्त घटनाले चौधरी, परिवारमा पर्न गरेको असहजताप्रति क्षमा माग्नुभयो ।