काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भइरहेको छ।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच समसामयिक राजनीतिक बारेमा छलफल भइरहेको जनाएको छ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासहित गृहमन्त्री रमेश लेखक,अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा लगायत सहभागी हुनुहुन्छ।
उहाँहरूबीच गर्भनर नियुक्त गर्ने लगायतका विषयमा छलफल भएको बुझिएको छ।
प्रतिक्रिया