अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राजावादीप्रति गोकुल बाँस्कोटाको कटाक्ष: तासका बुकका राजा-रानी खोजेर जिन्दगी गुजार्नुस्

राजावादीप्रति गोकुल बाँस्कोटाको कटाक्ष: तासका बुकका राजा-रानी खोजेर जिन्दगी गुजार्नुस्


काठमाडौं-नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले राजा खोजेर समय बर्बाद नगर्न राजावादीहरुलाई सुझाव दिनुभएको छ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद बाँस्कोटाले राजावादीलाई यस्तो सुझाव दिनुभएको हो।

सांसद बाँस्कोटाले राजसंस्थाको वकालत आएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आन्दोलन गर्ने नभई आगामी निर्वाचनमा बहुमत ल्याउने कोशिस गर्न समेत सुझाव दिनुभयो। सांसद बाँस्कोटाले कुनै पनि हालतमा समाज पछाडि नजाने भन्दै तासका बुङका राजा-रानी खोजेर अब जिन्दगी गुजार्नुस् भन्दै कटाक्ष गर्नुभयो। 

सांसद बाँस्कोटाले भन्नुभयो, ‘केही साथीहरु व्यवस्था परिवर्तन गर्ने भन्दै आन्दोलन गरिरहेका छन्। सरकारले संविधान नै संशोधन गर्ने भनिरहेको छ त किन आन्दोलन गर्नुपर्यो ? यहाँबाट तपाईंको दुई तिहाई पुग्दैन होला। अर्को चुनावमा कोशिस गर्नुस् । बहुमत ल्याउनुस्। तासका बुकका राजा–रानी खोजेर अब जीन्दगी गुजार्नुस्। बाँकी त कहाँबाट आउनु। राजा राजा भनेको छ अब त निद्रा पनि नपर्लाजस्तो भइसक्यो। आउदैन हजुर त्यो। यो पनि समयको बर्बादी हो के। लोकतन्त्रको विकल्प छैन, समाज पछाडि फर्किंदैन।’

सांसद बाँस्कोटाले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको स्वागत गर्दै समग्र मुलुकको विकासमा टेवा पुग्नेगरी विकास गर्न जरुरी रहेको बताउनु भयो।