अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सगरमाथा संवाद तोकिएकै समयमा हुन्छ: महेश्वर ढकाल

सगरमाथा संवाद तोकिएकै समयमा हुन्छ: महेश्वर ढकाल


काठमाडौं-वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं सगरमाथा संवादको सचिवस्तरीय कमिटीका सदस्य–सचिव महेश्वर ढकालले सगरमाथा संवाद तोकिएको समयमै हुने बताउनु भएको छ।

छिमेकी मुलुक भारत र पाकिस्तानबीचको युद्धका कारण सगरमाथा संवाद प्रभावित हुनसक्ने आँकलन भइरहेको समयमा उहाँले सो कुरा बताउनु भएको हो। उहाँले सगरमाथा संवादलाई भारत र पाकिस्तानको युद्धले कुनै प्रभाव नपार्ने बताउनु भयो। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सदस्यसचिव ढकालले सगरमाथा संवादका लागि सहभागीता सुनिश्चित गरेका कुनैपनि विदेशी प्रतिनिधिहरुले सुरक्षाबारे अहिलेसम्म चासो नदेखाएको पनि उहाँले स्पष्ट पार्नुभयो। साथै प्रतिनिधिहरुले आफ्नो भ्रमण स्थगित गर्ने कार्यक्रमबारे पनि जानकारी नगराएको बताउनु भयो। 

संवाद सचिवालयको बैठक बसेको स्वीकार गरेपनि उहाँले छिमेकमा उत्पन्न विशेष परिस्थितिका कारण कार्यक्रम आयोजना गर्न सकिने वा नसकिने भन्नेबारे कुनैपनि छलफल नभएको स्पष्ट पार्नुभयो। बैठकमा अहिलेसम्मको कार्यप्रगति समिक्षा गरिएको उहाँको भनाइ छ। 

विश्वव्यापी कोभिड–१९ महामारीका कारण रोकिएको सगरमाथा संवाद यही जेठ २ देखि ४ गते गर्न लागिएको हो। जलवायु परिवर्तनले पारेको विश्वव्यापी र क्षेत्रीय असरको बारेमा छलफल हुने बताइएको छ।