अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सरकारले छिट्टै गभर्नर नियुक्ति गर्छः महेश बर्तौला

सरकारले छिट्टै गभर्नर नियुक्ति गर्छः महेश बर्तौला


काठमाडौं-नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले केही दिनभित्रै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने बताउनु भएको छ।

शुक्रवार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो जवाफ दिनु भएको हो। उहाँले गभर्नर नियुक्तिका लागि छलफलले केही समय लिएको बताउनुभयो। उहाँले दलहरुबीच गभर्नर नियुक्तिको विषयमा कुनै असमझदारी नभएको बताउनुभयो। गभर्नर नियुक्तिको छलफल नियमित प्रक्रियाबाट नै अगाडि बढेको उहाँको भनाइ छ। उहाँले केही कानूनी विषयमा गभर्नर नियुक्तिको विषय अदालतमा पुगेकाले नियुक्तिमा ढिलाइ भएको जिकिर गर्नुभयो। उहाँले सरकारले छलफललाई निश्कर्षमा पुर्‍याएर छिट्टै नियुक्ति गर्ने बताउनु भयो।


प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, ‘सरकार नियमति छलफलको प्रक्रियामा छ। कहिले कहीँ कुनै जिम्मेवारी केही दिन अगाडि पनि नियुक्तिको प्रक्रिया टुङ्गिएर कार्यकाल सकिने, कोही व्यक्ति कार्यकाल सकिने बित्तिकै काम प्रक्रिया आरम्भ हुने अवस्था पनि बन्छ। कसैका लागि केही छलफलका प्रक्रियाले थप समय पनि लिन सक्छ। सरकारले छिटोभन्दा छिटो गभर्नर नियुक्तिको प्रक्रिया निष्कर्षमा पुर्‍याउँछ। सरकारको बीचमा दलहरुको बीचमा गभर्नर नियुक्तिको बीचमा कुनै अन्तरविरोध असमझदारी त्यो भएको अवस्था छैन। नियमित प्रक्रियाकै ढंगबाट यो अगाडि बढेको छ। केही दिनभित्रैमा तपाईंहरुले गभर्नर नियुक्ति भएको  समाचार सुन्न पाउने हुनेछ। केही कानूनी विषय बने, अदालतमा प्रवेश पनि पायो। त्यसकारणले गर्दा पनि केही ढिलो भएको हो। तथापि मेरो विचारमा उपयुक्त व्यक्ति, उपयुक्ति जिम्मेवारीमा उपयुक्त समयमा सरकारले निर्णय गर्छ। र केही दिनभित्रमा यो निर्णय आउँछ। थोरै ढिला भए जस्तो देखिए पनि निर्णय छिट्टै हुन्छ।’ 

प्रमुख सचेतक बर्तौलाले सरकारले वर्तमान संविधान र व्यवस्था विरुद्धको कुनै पनि गतिविधिको प्रतिवाद र विरोध गर्ने बताउनुभयो। उहाँले राजावादीहरुको आन्दोलन देश शान्ति र समृद्धितर्फ अगाडि बढेको देख्न नचाहने प्रतिक्रियावादीहरुले मुलुकलाई द्वन्द्वमा लैजान गरेको प्रायोजित षड्यन्त्र भएको आरोप लगाउनु भयो । वंशको आधारमा देशको उच्च पदमा राख्न कुनैपनि नेपाली जनता तयार नभएको उहाँको भनाइ छ।

प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, ‘मुलुकलाई द्वन्द्वतर्फ लैजान कहीँ कतैबाट खेती गर्न सकिन्छ कि भन्ने प्रायोजित र षड्यन्त्रको विषय मात्रै हो। कदापी पनि नेपाली समाज कुनै वंशमा जन्मिएका कोही व्यक्तिलाई देशको सर्वोच्च आशनमा स्वीकार गरेर त्यस हिसाबले मुलुक हुकुम प्रमाङ्गीबाट चल्ने बन्दैन। त्यो उहाँहरुले यो मुलुकको सरल ढंगबाट अघि बढिरहेको राजनीतिलाई स्थायीतर्फ विकास र समृद्धितर्फ त्यो पथमा अगाडि बढिरहेको देशलाई कहीँ कतैबाट डिस्टर्ब गर्न सकिन्छ कि भन्ने केही प्रतिक्रियावदी शक्ति पनि छन्। विद्यमान संविधान र व्यवस्थाको विरोधमा हुने सबै खालको गतिविधिहरुको प्रतिवाद र विरोध गछौँ।’

प्रमुख सचेतक बर्ताैलाले नेपाल राष्ट्र बैंकको आन्तरिक प्रबन्ध बमोजिम भइरहेका कामका बारेमा सरकारले केही बोल्न नसक्ने बताउनुभयो।