काठमाडौँ-सरकारले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ सरकार पूर्ण रूपमा सचेत रहेको जनाएको छ।
परराष्ट्र मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको जानकारी गराएको हो।
यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न सकिने मन्त्रालयद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ।
परराष्ट्रले पाकिस्तानमा रहेका नेपालीलाई तत्काल कुनै सहयोग आवश्यक परेमा दूतावासका तृतिय सचिव वृन्दा सुवेदीलाई ९२–३३१३२९३११९ नम्बर र आर्सलान मेहमुदलाई ९२–३४०५१७४२६१ नम्बरमा फोन गर्न अनुरोध गरेको छ।
पहलगाम हमलापछि भारत र पाकिस्ताबीच तनावको स्थिती सिर्जना भएको छ।

प्रतिक्रिया