अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले निजगढ र कोल्हबी नगर कमिटीका नवनिर्वाचित पदाधिकारीद्वारा शपथ ग्रहण                                                          

एमाले निजगढ र कोल्हबी नगर कमिटीका नवनिर्वाचित पदाधिकारीद्वारा शपथ ग्रहण                                                          


काठमाडौं-एमाले निजगढ नगर कमिटी र कोल्हवी नगर कमिटीको नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।

एमाले निजगढ नगर कमिटी र कोल्हवी नगर कमिटीको नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गर्नुभएको हो।

नवनिर्वाचित अध्यक्षलाई निर्वाचन मण्डलका अध्यक्षले र बाँकी पदािधकारी तथा सदस्यहरुलाइ नवनिर्बाचित अध्यक्षले सपथ ग्रहण गराउनु भएको छ । सपथ ग्रहण कार्यक्रम एमाले पोलिटब्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य अच्युत प्रसाद मैनाली र एमाले  पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री पुरुषोतम पौडेलको उपस्थितीमा भएकाे थियाे ।

निजगढ नगरकमिटीको तेस्रो नगर अधिवेशनबाट अध्यक्षमा तिलक घलान निर्वाचित हुनुभएको थियो।  यसैगरी नगर कमिटीको तेस्रो नगर अधिवेशनबाट उपाध्यक्षमा सम्झना थापा लामिछाने, सचिवमा थानेश्वर सापकोटा उपसचिव, पुरुषोतम भट्टराई र उपसचिव (महिला) जानुका अधिकारी चयन हुनुभएको थियो। 

यस्तै नेकपा एमाले कोल्हबी नगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा पुरनदेव चौधरी सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित हुनुभएको छ। नगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा पुरनदेव चौधरी सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित चयन गरेको हो।

यसैगरी उपाध्यक्षमा कृष्ण ढकाल, सचिवमा नन्देश्वर चौधरी, उपसचिवहरुमा बोधराज सिग्देल र सल्मा भुजेल चयन हुनुभएको छ। 

नवनिर्वाचित कमिटीलाई सम्बोधन गर्दै साँसद मैनालीले स्थानीय कमिटीहरुले स्थानीय आवश्यकता र मुद्धाहरुलाई प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो । उहाँको आधार कमिटीका रुपमा यस्ता कमिटीहरुले जनताको घर दैलोमा पुगेर पार्टी र सरकारप्रति सकारात्मक धारणा बनाउन भूमिका निर्वाह गर्नुपर्ने मैनालीले बताउनुभएको छ । ‘सरकार संचालनको लागि आवश्यक बहुमत नहुँदा हामीले पनि चाहेअनुसार काम गर्न सकेका छैनौं, उहाँले भन्नुभयो, तर देशमा केही पनि भएको छैन भन्ने भाष्य सृजना गर्न खोजिनु गलत हो ।’
उहाँले संघ, धेरै प्रदेश र स्थानीय तहमा पनि एमाले नेतृत्वको सरकारले काम गरिरहेको बताउदै उहाँले आवश्यक बहुमत नहुँदा चाहे जसरी काम गर्न नसकिएको बताउनुभयो ।


नेता मैनालीले जनताले चाहे जसरी काम गर्न आगामी निर्वाचनमा एमालेले देशका ३ वटै तहमा एकल बहुमतका साथ सरकारको नेतृत्व गर्न पाउनुपर्ने बताउनुभयो । ‘जबसम्म एमालेको एकल बहुमतको सरकार बन्दैन, तबसम्म जनताले चाहे जसरी सरकारले काम गर्न सक्दैन ।’ उहाँले भन्नुभयो । यसकोलागि ०८४ को चुनावमा एमालेलाई विजयी तुल्याउनुपर्ने उहाँको भनाई थियो ।

यसैगरी पोलिटव्यूरो सदस्य पुरुषोत्तम पौडेलले पञ्चालयतीकालदेखि नै निजगढ नेकपा एमालेको बलियो जनाधार र संगठन भएको पालिकाको रुपमा रहेको पनि बताउनुभयो । २०४६ सालको पञ्चायत विरोधी आन्दोलन र २०६२÷२०६३ को जनआन्दोलन सफल पार्न पनि निजगढको नेकपा एमालेका कार्यकर्ताहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । प्रजातन्त्र पूनर्वाहली र लोकतान्त्रिक गणतन्त्रको लागि भएको आन्दोलनमा निजगढमा एमालेले महत्वपूर्ण भूमिकाले नै यस क्षेत्रमा एमालेको जनधार बलियो भएको पनि उहाँको जिकिर थियो ।
उहाँले पार्टीको नेतृत्व चयनको लागि मतदान हुनु नयाँ र अनौठो विषय नभएको पनि बताउनुभयो । ‘सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्नुपर्र्छ, सहमति हुन नसकेको खण्डमा मतदानबाट छानिन्छ, उहाँले भन्नुभयो, ‘पार्टीको नीति र विधानले नै स्वीकार गरिसकेको यो विधिलाई अन्यथा मान्नुहुन्न ।’