काठमाडौं – देशका केही स्थानमा आइतबार आज वर्षाको सम्भावना छ । सातै प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार देशका अधिकांश स्थानमा आंशिकदेखि साधारणतया बदली आकाशमा बादलको पूर्वानुमान छ । दिउँसोको समयमा वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।
महाशाखाले हिमाली क्षेत्रमा हल्का हिमपातको पनि पूर्वानुमान गरेको छ । वर्षा र हिमपात भए तापक्रम बढ्ने सम्भावना हुँदैन ।
आइतबार काठमाडौंमा पनि वर्षाको सम्भावना छ । दिउँसोतिर काठमाडौंमा हल्का वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।
देशका अरू स्थानमा जस्तै सोमबार काठमाडौंमा पनि वर्षाको सम्भावना छ । तर, आइतबारको तुलनामा सम्भावना कम रहेको उहाँले स्पष्ट पार्नुभयो ।
हाल प्रिमनसुन अवधि हो । यो समयमा मेघगर्जन रचट्याङसहित वर्षाको सम्भावना हुन्छ । हावाहुरी पनि चल्न सक्छ । शनिबार म्याग्दी, बागलुङ, डडेलधुरा, अछाम, बाजुरा, दैलेख, मनाङलगायत जिल्लाका केही स्थानमा मेघगर्जनसहित वर्षा भएको महाशाखाले जनाएको छ ।
यति बेला देशमा स्थानीय र पश्चिमी वायुको प्रभाव छ । अरबसागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको उनले जानकारी दिए ।
प्रतिक्रिया