अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अध्यक्ष प्रचण्डलाई शंकर पोखरेलको प्रश्न: तपाईं के बोल्दै हुनुहुन्छ ?

अध्यक्ष प्रचण्डलाई शंकर पोखरेलको प्रश्न: तपाईं के बोल्दै हुनुहुन्छ ?


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमलले सरकारबारे गरेका टिप्पणीलाई तपाईं के बोल्दै हुनुहुन्छ भनेर प्रश्न गर्नुभएको छ।

आइतबार सामाजिक सञ्जालमा महासचिव पोखरेलले तथ्यहरू एकातिर तर अध्यक्ष प्रचण्डको बोली अर्कोतिर भएकाले कुण्ठाबाहेक केही नभएको दाबी गर्नुभएको हो।

महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेख्नहुन्छ ’ -‘तथ्यहरूले तपाईंको बोलीमा कुण्ठा मात्र देखिन्छ।’

तथ्यका रूपमा महासचिव पोखरेलले प्रचण्ड प्रधानमन्त्री हुँदाको समयमा भन्दा राजश्वमा उल्लेख्य वृद्धि भएको, विदेशी मुद्राको सञ्चिति बढेको र सोधनान्तर स्थितिमा उल्लेख्य बचत रहेको दाबी गर्नुभयो।

‘निर्माण व्यवसायीलाई काम बापतको तपाई नेतृत्वको सरकारले दिन नसकेको भुक्तानी प्रदान गरिएको छ। निर्माण ठप्प रहेका ठुला आयोजनाहरूको काममा तीव्रता आएको छ। जस्तो पोखरा-मुग्लिङ सडक, गैँडाको- बुटवल सडक आदी’, उदाहरण दिँदै महासचिव पोखरेलले प्रचण्डले भ्रम छरेको उल्लेख गर्नुभएको छ।

त्यस्तै महासचिव पोखरेलले भूकम्प र बाढी पीडितका क्षतिग्रस्त आवास निर्माणका लागि स्रोतको व्यवस्था भएको, बैंकको तरलता वृद्धि भएको र ब्याजदर घटेको अनि लगानी वृद्धि हुन थालेको बताउनु भएको छ।

‘कानुन निर्माणको कामले तीव्रता पाएको छ, कानुनी सुधारको प्रक्रियाबाट लगानी योग्य वातावरण तयार भएको छ’, पोखरेलले भनेका छन्, ‘कानुन कार्यान्वयन गर्ने निकायले विना हस्तक्षेप काम गर्ने वातावरण तयार भएको छ ।’

महासचिव पोखरेलले भूमि समस्याको समाधानको प्रक्रिया अघि बढेको  र सरकारको स्थायित्वको आधार तयार भएको पनि बताउनु भएको छ । ‘उपरोक्त कारणले नै तपाईँको पीडा र छटपटी बढेको देखिन्छ। होइन र ?’, महासचिव पोखरेलले प्रचण्डलाई सोध्नुभएको छ।