अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नीति तथा कार्यक्रम पास गर्न कांग्रेस-एमाले सांसदलाई ‘ह्वीप’

नीति तथा कार्यक्रम पास गर्न कांग्रेस-एमाले सांसदलाई ‘ह्वीप’


काठमाडौं-आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेस गरिँदैछ।

राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ वैशाख १९ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। उक्त नीति तथा कार्यक्रमलाई आज प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची संसद् सचिवालयले तय गरेको हो।

नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भएपछि सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदलाई अनिवार्य बैठकमा सहभागी हुन ह्वीप जारी गरेका छन्।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भन्नुभयो, ‘नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भएपछि सत्तापक्षका सांसद बैठककक्षमा सहभागी त हुनै पर्‍यो। सांसदहरु गयल हुने भन्ने हुँदैन। त्यसैले अनिवार्य बैठकमा सहभागी हुन ह्वीप लगाइएको छ।

यस्तै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपस्थित हुनका लागि ह्विप पत्र नै जारी गरेका छन्। एमाले प्रमुख सचेत महेश बर्तौालले जारी गरेको ह्वीपमा भनिएको छ, ‘नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई वैशाख २८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ, नेकपा एमाले संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्वीप जारी गरिएको छ।’