अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आगामी बजेटका लागि उद्योग वाणिज्य महासंघले अर्थमन्त्री पौडेललाई दियो ५८ बुँदे बजेट सुझाव

आगामी बजेटका लागि उद्योग वाणिज्य महासंघले अर्थमन्त्री पौडेललाई दियो ५८ बुँदे बजेट सुझाव


काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई बजेट सुझाव दिएको छ। अध्यक्ष चन्द्र ढकालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई महासंघको तर्फबाट बजेट सुझाव पेस गर्नुभएको हो।

नेपाल पछाडि पर्नुको मुख्य कारण सरकार, स्वदेशी निजी क्षेत्र र विदेशी लगानी अत्यन्त न्युन हुनु कारण रहेकोले लगानीसम्बद्ध एकीकृत कानुन, एकमात्र सहजीकरण, नियमन गर्ने निकाय र एकीकृत सेवा पहिलो आवश्यकता भएको उहाँले बताउनु भयो।

साना मझौला उद्योगको अनलाइन दर्ता र राजस्वसम्बन्धी व्यवस्था, सूचना प्रविधि उद्योगको विस्तार, खाडी मुलुकलक्षित निर्यात कार्यक्रम, हिलस्टसन, खेलकुद, विवाह कार्यक्रम केन्द्रित पर्यटन कार्यक्रम तत्काल सकारात्मक नतिजा दिने योजना भएकाले त्यसतर्फ सोच्न उहाँको आग्रह छ। 

अध्यक्ष ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोगका अधिकांश सुझावको कार्यान्वयनले नयाँ चरणको सुधारको मार्गप्रशस्त गर्नेछ।