अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

समाजवाद घोषणा गर्ने समय भएको छैनः प्रधानमन्त्री ओली

समाजवाद घोषणा गर्ने समय भएको छैनः प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवाद घोषणा गर्ने समय नभएको बताउनुभएको छ।

आइतवारको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली यस्तो बताउनुभएको हो।

प्रधानमन्त्री ओलीले समाजवाद तत्काल घोषणा गरेर मात्रै नहुने बताउनुभयो। उहाँले समाजमा रहेको अराजकता नियन्त्रण गर्नुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो। उहाँले समाजवादको दिशामा अघि बढ्ने कुरा राम्रो भएपनि समाजवाद घोषणा गरिहाल्ने समय नभएको बताउनु भयो। 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘माननीय प्रश्नकर्ता मान्यज्यु समाजवादकै बारेमा चिन्तन गरेर, मनन गरेर, दिमाग खेलाएर परिपक्व उमेरमा पुग्नुभएको मान्छे । यस्तो अवस्थामा, यतिबेला समाजवाद तत्काल घोषणा गरेर हुने कुरा हो र ? अराजकता यस्तो छ, समाजमा घोषणा गरेर समाजवाद होला। यो अराजकता नियन्त्रण गर्नु पर्दैन ? सामाजिक सञ्जाल यस्तो छ। अहिले त्यो १५ गतेको घटनाको कोही माइबाब भेटिँदैन, को आयोजक ? समाजवादतर्फ अघि बढ्ने नै हो। तर समाजवाद घोषणा गर्ने बेला भएको छैन। त्यस दिशामा अगाडि बढ्ने हो।’

प्रधानमन्त्री ओलीले सरकार समाजवादको दिशामा अघि बढिरहेको बताउनुभयो।