अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

वर्तमान सरकार बनाउनैपर्ने आवश्यकता परेर बनाइएको होः प्रधानमन्त्री ओली

वर्तमान सरकार बनाउनैपर्ने आवश्यकता परेर बनाइएको होः प्रधानमन्त्री ओली


काठमाडौंऔप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार बनाउनै पर्ने आवश्यकता परेर बनेको बताउनुभएको छ।

आइतबार राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओली यस्तो बताउनुभएको हो। उहाँले मुलुकमा स्थिरता र स्थायित्व बिना सुशासन र विकासको गतिलाई अगाडी बढाउन नसकिने बताउँदै विभिन्न महत्त्वपूर्ण विषयहरूलाई सम्बोधन गर्न अहिलेको सरकार बनेको जिकिर गर्नुभयो। 

प्रधानमन्त्री ओलीले वर्तमान व्यवस्थालाई कार्यान्वयन गर्दै समाजमा रहेको गरिबी र पछौटोपन हटाउने सङ्कल्पका साथ संविधान जारी गरेको स्मरण गर्नुभयो। उहाँले संविधानले सामाजिक न्याय, समानता, मौलिक हकहरू र राज्यका निर्देशन सिद्धान्त र नीतिहरू सुनिश्चित गरेको बताउँदै तिनीहरूलाई सम्बोधन गर्नुपर्ने आजको आवश्यकता दुई ठूला दल एक ठाउँमा आएको जिकिर गर्नुभयो। 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीले जुन प्रणाली स्थापना गर्‍यौं, जुन व्यवस्था ल्यायौँ, त्यस व्यवस्थालाई कार्यान्वयन गर्दै समाजमा रहेको गरिबी र पछौटोपन हटाउने सङ्कल्पका साथ संविधान जारी गर्‍यौ। संविधानले सामाजिक न्याय र समानताको प्रत्याभूति गर्‍यौ। मौलिक हकहरू सुनिश्चित गर्‍यो। राज्यका निर्देशन सिद्धान्त र नीतिहरू के हुन ती पनि निर्दिष्ट गर्‍यो। यी सबै कुराहरूलाई ध्यानमा राखेर राष्ट्रको आजको आवश्यकता यिनीहरूलाई सम्बोधन गर्ने हो। स्थिरता र स्थायित्व बिना यिनीहरूलाई सम्बोधन गर्न सकिँदैन भनेर यो सरकार आएको हो। स्थिरता र स्थायित्व बिना न यस्ता महत्त्वपूर्ण विषयलाई सम्बोधन गर्न सकिन्छ, न त सुशासन र विकासको गतिलाई अगाडी बढाउन सकिन्छ। तसर्थ, अहिलेको सरकार बनाउनै पर्ने आवश्यकता परेर बनेको हो।”

प्रधानमन्त्री ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनताको आकाङ्क्षाहरूलाई पूरा गर्ने विश्वास समेत व्यक्त गर्नुभयो।