सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्मा पेश गरेको छ। आइतबार राष्ट्रिय सभा बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता छलफलका लागि गर्ने प्रश्ताव पेश गर्नुभएको हो।
अर्थमन्त्री पौडेलले संसदले पारित गरेको नीति तथा कार्यक्रम अनुरुप सिद्धान्तहरुका आधारमा बजेट आउने बताउनु भयो। अर्थतन्त्रका उदयमान क्षेत्रलाई प्रोत्साहन गरिने, निजी क्षेत्रमैत्री, प्रतिष्पर्धी र आत्मनिभर अर्थतन्त्र निर्माणमा जोड दिने बताउनुभयो। नीतिमा निरन्तरता, अर्थतन्त्रमा गतिशिलता र विकासमा तिब्रता हाँसिल गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनु भयो। विकासको ढाँचा, गति र संस्कृति बदल्नुपर्ने आवश्यकता रहेको बताउनु भयो।
प्रतिक्रिया