अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पत्रकारिताको साख जोगाउन प्रेस चौतारी आबद्ध पत्रकारको महत्त्वपूर्ण भूमिका: अध्यक्ष पाण्डे

पत्रकारिताको साख जोगाउन प्रेस चौतारी आबद्ध पत्रकारको महत्त्वपूर्ण भूमिका: अध्यक्ष पाण्डे


काठमाडौं-प्रेस चौतारी नेपाल स्याङ्जा जिल्ला समितिले शनिबार वन भोजसहितको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सीमा क्षेत्री, संगठनका महासचिव हीरामान लामा, पार्टीका स्याङ्जा जिल्ला कमिटी अध्यक्ष पारस गैरे, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य, प्रदेश कमिटी अध्यक्ष इन्द्र पौडेल, आयोग सदस्यहरू लगायत सहभागी हुनुहुन्थ्यो।

वक्ताहरूले वर्तमान सन्दर्भमा पत्रकारिता क्षेत्रका चुनौती, प्रेस चौतारी आबद्ध पत्रकारको भूमिका लगायतका विषयमा धारणा राख्नु भएको थियो। पत्रकारहरूले स्थानीय स्तरमा भोगिराखेका समस्याको बारेमा पनि कार्यक्रममा छलफल भएको थियो।

कार्यक्रमको बोल्दै संगठनका केन्द्रीय अध्यक्ष पाण्डेले नेपालको पत्रकारिता अहिले निक्कै चुनौतीको घडीमा रहेको बताउनुभयो। उहाँले यस्तो अवस्थामा पत्रकारिताको साख जोगाउन प्रेस चौतारी आबद्ध पत्रकारहरूको महत्त्वपूर्ण भूमिका हुने स्पष्ट पार्नुभयो।

अध्यक्ष पाण्डेले संगठनले यो वर्षलाई तालिमको वर्षको रूपमा अघि बढाएको बताउनुभयो। तालिम प्राप्त दक्ष पत्रकार तयार गरेर सबै चुनौतीसँग लड्न सक्ने संगठनको रूपमा प्रेस चौतारी नेपाललाई अघि बढाउने अध्यक्ष पाण्डेले प्रतिबद्धता व्यक्त गर्नुभयो।