अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

देशका केही भूभागमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना

देशका केही भूभागमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना


काठमाडौं – देशका केही भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी क्षेत्रमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

काठमाडौंमा भने आज वर्षाको सम्भावना न्यून रहेको छ ।

काठमाडौंमा आज अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान रहेको छ ।

विभागले राति कोसीप्रदेश लगायत पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

नेपालमा हाल पश्चिमी र स्थानीय वायुको प्रभाव छ । अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।