अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार  गौतम बुद्ध:  प्रधानमन्त्री ओली

अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार  गौतम बुद्ध:  प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धले शान्ति, मानवता, करुणा र अहिंसाको सन्देश दिनुभएको बताउनु भएको छ। 

२५६९ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यी कुरा बुद्धले दिनुभएका अमूल्य उपहार भएको बताउनुभएको छ। ‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार– यिनै हुन् गौतम बुद्ध’, सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले लेख्नुभएको छ। 

बुद्ध जयन्तीले हामीलाई उहाँको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउने उहाँले उल्लेख गर्नुभएको छ। ‘बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस्’, प्रधानमन्त्री ओलीको शुभेच्छा छ। 

प्रधानमन्त्री ओलीले बुद्ध जयन्तीको अवसरमा शान्तिको कामना गर्नुभएको छ। ‘सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस्, बुद्ध जयन्तीको हार्दिक शुभकामना, सबको जय होस्, सबलाई सुख होस्’, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।