अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बुद्धको दिव्य ज्ञान अँगालेर शान्ति र समृद्धितर्फ अघि बढ्नुपर्छ: मुख्यमन्त्री कार्की

बुद्धको दिव्य ज्ञान अँगालेर शान्ति र समृद्धितर्फ अघि बढ्नुपर्छ: मुख्यमन्त्री कार्की


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्व विकास र शान्तिको खोजीमा रहेको बताउँदै गौतम बुद्धको दिव्य ज्ञानलाई अँगाल्दै अगाडि बढेमा शान्ति र समृद्धि प्राप्त हुने बताउनुभएको छ।

आज २५६९ औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको यस अवसरमा शान्ति र अहिंसाको माध्यमबाट विकास र समृद्धिको पथमा लम्किरहेका स्वदेशी तथा विदेशी नागरिकहरूप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ।

मुख्यमन्त्री कार्कीले आज विश्व शान्ति र अहिंसाको खोजीमा रहेको चर्चा गर्दै सुन्दर, विशाल र शान्त भूमिमा जन्मिएर गौतम बुद्धले देखाउनुभएको सत्मार्गलाई आत्मसाथ गरेर अघि बढ्न सके‌ संसार शान्तिको बाटोमा उभिन सक्ने विश्वास व्यक्त गर्नुभएको छ।

उहाँका दिव्य ज्ञानलाई विश्वका कुनाकुनामा फैलाउन सके नेपालको मात्र होइन, विश्वकै उन्नति र प्रगति हुने आशा व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले शान्तिका प्रतीकका रूपमा रहेका महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु र यहाँबाट हामीले शान्तिको सन्देश विश्वभर फैलाउन सक्नु हाम्रो गौरवको विषय भएको उल्लेख गर्नुभएको छ।

मुख्यमन्त्री कार्कीले नेपाल बहुजाति, बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक मुलुक रहेको स्मरण गर्दै‌ यो विविधता बीचमा बुद्धले हुर्काएको बुद्ध दर्शन हाम्रा लागि सम्पत्ति भएको बताउनुभएको छ।

बुद्धको दर्शनलाई हामीले संसारभर फैलाउँदै समृद्धिको यात्रालाई बल पुर्‍याउन सकिने कार्कीले बताउनुभएको छ। मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा यो दिनले धार्मिक, सामाजिक, तथा आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ र सबल बनाउन सक्ने विश्वास लिनुभएको छ।

उहाँका दिव्य ज्ञान, उपदेश र सत्मार्गका पाइलाहरूलाई आत्मसाथ गर्दै सहकार्य र सहअस्तित्वको आधारमा अघि बढ्नुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिनुभएको छ।