अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हामीले संयम रहन आग्रह गरेपछि भारत र पाकिस्तानबीचको लडाइँ रोकियो: प्रधानमन्त्री ओली

हामीले संयम रहन आग्रह गरेपछि भारत र पाकिस्तानबीचको लडाइँ रोकियो: प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले संयम हुन आग्रह गर्दै लडाईंमा परिणत नहोस् भनेर कामना गरेपछि भारत र पाकिस्तानबीचको लडाईं रोकिएको बताउनुभएको छ।

सोमबार २५६९ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८२ को अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो।

प्रधानमन्त्री ओलीले केही दिनअघि मात्रै छिमेकी मुलुक भारत र पाकिस्तानबीच युद्धको स्थिति सिर्जना भए पनि त्यो अघि बढ्न नपाएको बताउनुभयो। उहाँले लडाईं अगाडि नबढोस् भनेर कामना गरेको बताउनु भयो। उहाँले भारत र पाकिस्तानले लडाईंमा जान नदिने प्रतिवद्धता व्यक्त गरेको बताउँदै उहाँले संयमताका लागि दुवै मुलुकलाई धन्यवाद दिनुभयो। उहाँले फेरि पनि दुवै देशबीच केही आरोप/प्रत्यारोपको स्थिति जारी रहेको जिकिर गर्नुभयो। प्रधानमन्त्री ओलीले बुद्धका शान्तिका सन्देशहरूको अर्थ अहिले पनि र जहाँ पनि रहेको बताउनुभयो। उहाँले व्यक्तिको आफ्नो मनस्थिति, पारिवारिक र सबै कुराको लागि शान्तिको महत्व रहेको धारणा राख्नुभयो।  

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘केही दिनअघि मात्रै छिमेकी मुलुक भारत र पाकिस्तानबीच युद्धको स्थिति सिर्जना हुन लागेको थियो। तर त्यो हुन पाएन । संयमका लागि उहाँहरूलाई धन्यवाद छ। हामीले शुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो । यो हात हालाहालको स्थिति लडाईंमा परिणत हुन नपाओस् भन्ने हामीले कामना ग¥यौं। उहाँहरूसँग पनि कुरा ग¥यौं । नभन्दै, उहाँले लडाईंमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही आरोप प्रत्यारोपको स्थिति छ । अर्थात्, बुद्धका शान्तिका सन्देशहरूको अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको आफ्नो मनस्थितिको शान्तिको लागि छ, पारिवारिक शान्तिको लागि छ, सबै कुराको लागि शान्तिको महत्त्व छ।’

प्रधानमन्त्री ओलीले बुद्धले उपदेशहरूमार्फत दिएको शिक्षा विश्वका लागि धेरै महत्वपूर्ण रहेको जिकिर समेत गर्नुभयो। उहाँले व्यक्तिको आफ्नो मनस्थिति, पारिवारिक र सबै कुराको लागि शान्तिको महत्व रहेको धारणा राख्नुभयो।

प्रधानमन्त्री ओलीले बुद्धले उपदेशहरूमार्फत दिएको शिक्षा विश्वका लागि धेरै महत्त्वपूर्ण रहेको जिकिर समेत गर्नुभयो।