अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान


तनहुँ-राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका-८ रिस्तीमा आज ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको छ। ढाडे कुलपूजा व्यवस्थापन समितिको आयोजनामा यहाँ भएको पूजाका अवसरमा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको हो।

त्यस क्रममा राष्ट्रपति पौडेलले नौ जनालाई सम्मान गर्नुभएको स्थानीय श्रीहरि पौडेलले जानकारी दिनुभयो। राष्ट्रपति पौडेलले स्थानीयवासीसँग यहाँको विकास निर्माणका विषयमा समेत चासो व्यक्त गर्नुभएको थियो।

राष्ट्रपति पौडेलको पुख्र्यौली थलो रिस्ती हो । राष्ट्रपति पौडेलले आजै काठमाडाँै फर्किने कार्यक्रम रहेको छ।