काठमाडौं-नेकपा एमालेकी सांसद जुलीकुमारी महतोले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई कटाक्ष गर्दै तराइमा लोडसेडिङ कायमै हुँदा अन्त्य भएको भनिएको भन्दै कटाक्ष गर्नुभएको छ।
सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्दै प्रतिनिधिसभा बैठकमा महतोले तराइमा लोडसेडिङ कायमै रहेको बताउनु भएको हो।
‘तराइमा विद्युतको समस्या पनि जहाँको त्यहीँ छ। लोडसेडिङ अन्त्य भएको भनेर सरकारकै कर्मचारी भनिरहेका छन्। खै तराइमा भएको?,’ उहाँले भन्नुभयो, ‘लोडसेडिङको अन्त्यको नाममा हिरो बनेकाहरूलाई थाहै होलानि!’
त्यस्तै सांसद महतोले सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्कृष्ट भएको पनि बताउनुभयो। उहाँले भन्नुभयो, ‘सरकारले अघि सारेको नीति तथा कार्यक्रम अत्यन्त उत्कृष्ट र आशा लाग्दो छन्। अब प्रभावकारी बजेट ल्याएर कार्यान्वन गर्नुपर्छ।’
सांसद महतोले बजेट ल्याउने समय जस्तै कार्यान्वयनका लागि पनि कार्यतालिका बनाउनुपर्ने प्रस्ताव गर्नुभयो।
प्रतिक्रिया